Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

  • आइतवार, पौष २४ २०७९

  • 520
    SHARES

  • जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

    काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीले आ–आफ्ना समान एजेण्डामा मोर्चाबन्दी गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

    दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश छन् ।

    ११ बुँदे साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुवै दलको सहमति छ ।

     


    आइतवार, पौष २४ २०७९०२:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij