Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनले टुंग्यायो मुख्यमन्त्रीको भागबण्डा, कुन दलले कहाँ पाउने ?

सत्ता गठबन्धनले टुंग्यायो मुख्यमन्त्रीको भागबण्डा, कुन दलले कहाँ पाउने ?

  • सोमवार, पौष २५ २०७९

  • 665
    SHARES

  • सत्ता गठबन्धनले टुंग्यायो मुख्यमन्त्रीको भागबण्डा, कुन दलले कहाँ पाउने ?

    काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेशको भागबण्डामा सहमति जुटेको छ। हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेशको भागबण्डाबारे सहमति जुटेको हो।

    बालुवाटारमा जुटेको सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै, कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेछ।

    बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको सत्ता साझेदार दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो। मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ।

    प्रदेश १ मा भने एमाले संसदीय दलका नेता हिक्मत कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

    एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जनाको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।


    सोमवार, पौष २५ २०७९०५:४५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij