Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी 

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी 

  • सोमवार, पौष २५ २०७९

  • 526
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी 
    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार(आज) पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। कार्कीले आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो । 
     
    उहाँलाई आइतबार साँझ मात्रै प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
     
    कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्नुभएको थियो । 
     
    कार्कीले आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ । तर, भागबण्डा नमिलेका कारण कुन पार्टीले कुन मन्त्रालय पाउने र कसले प्रतिनिधित्व गर्ने टुंगो लागेको छैन।
     


    सोमवार, पौष २५ २०७९०७:०१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij