Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल टी—ट्वान्टी लिग : इलिमिनेटर खेलमा आज काठमाडौं र विराटनगर भिड्दै

नेपाल टी—ट्वान्टी लिग : इलिमिनेटर खेलमा आज काठमाडौं र विराटनगर भिड्दै

  • सोमवार, पौष २५ २०७९

  • 405
    SHARES

  • नेपाल टी—ट्वान्टी लिग : इलिमिनेटर खेलमा आज काठमाडौं र विराटनगर भिड्दै
    काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी—ट्वान्टी लिगमा सोमबार(आज) एक खेल हुँदैछ । प्लेअफको दोस्रो खेलमा आज इलिमिनेटरको खेल हुँदैछ ।
     
    इलिमिनेटर खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्याह्न १२ बजेबाट सुरु हुनेछ ।
     
    इलिमिनेटर खेलमा यस लिगको समूह चरणका खेलमा तेस्रो चौथो स्थानमा रहेका टोलीबीच खेल हुनेछ । विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहँदै समूह चरण समाप्त गरेका थिए ।
     
    आजको इलिमिनेटर खेलको विजेताले फाइनलमा स्थान बनाउनका लागि आइतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाइनल प्रवेशका लागि खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
     
    यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा समान १र१ खेल जितेका थिए ।
     
    आइतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
     
    यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
     
    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
     
    पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।


    सोमवार, पौष २५ २०७९०८:२६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij