Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराजको दाबी पेश, ३३ सांसदको समर्थन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराजको दाबी पेश, ३३ सांसदको समर्थन

  • सोमवार, पौष २५ २०७९

  • 647
    SHARES

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराजको दाबी पेश, ३३ सांसदको समर्थन

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेत खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गर्नुभएको छ ।

    केन्द्रीय सत्तारुढ दलमा हिजो बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन आज अधिकारीले दाबी पेश गर्नुभएको हो ।

    ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना) को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्नुभएको छ ।


    सोमवार, पौष २५ २०७९०२:४५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij