Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लिग वानमा पिएसजीको दोस्रो हार , नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड

लिग वानमा पिएसजीको दोस्रो हार , नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड

  • सोमवार, भाद्र २९ २०७७

  • 704
    SHARES

  • लिग वानमा पिएसजीको दोस्रो हार , नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड

    एजेन्सी। पेरिस सेन्ट जर्मेन लिग वानमा चिरप्रतिद्वन्द्वी मार्सेसँग पराजित भएको छ । इन्जुरी समयमा भएको झडपमा नेयमारसहित पाँच जना खेलाडीले रातो कार्ड पाउँदा पिएसजी पराजित हुनपुग्यो ।

    फ्लोरियान थाउभिनले खेलको एक मात्र गोल गरेपछि पीएसजी सन् १९८४–८५ पछि पहिलोपटक लिगमा शुरुवाती दुई खेल हार्न पुग्यो ।
    खेलको अन्त्यतिर दुई टोलीका खेलाडीहरु बीच झडप भएको थियो ।

    जसमा पिएसजीका नेयमारसहित लेभिन कुरुजावा, लियोनार्डो पारेडेस तथा मार्सेका जोर्ड अमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाए । भीएआरमा रेफ्रीले जाँच गर्दा नेयमारले विपक्षी खेलाडीलाई मुक्का हानेको देखिएको थियो ।

    यता, नेयमारले भने आफूमाथि मार्सेका खेलाडीले रंगभेदी टिप्पणी गरेको आरोप लगाए । खेलपछि आरोपबारे मार्सेका म्यानेजर आन्द्रे भिल्ला बोआसले भने, ‘फुटबलमा रंगभेदको कुनै स्थान छैन तर मलाई लाग्दैन कि यहाँ यस्तो भएको छ । यद्यपि हामी यसबारे छानबिन गर्छौं ।’

    इन्जुरी समयमा मार्सेका बेनेडेट्टोले पीएसजीका पारेडेसलाई पछाडिबाट धक्का दिएपछि दुई टोलीबीच झडप भएको थियो । त्यसलगतै पाराडेसले बेनेडेट्टोमाथि मुक्का प्रहार गरेका थिए भने अल्भारोलाई हेडबट गरेका थिए ।

     


    सोमवार, भाद्र २९ २०७७०७:२४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij