Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतमा भएको बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

भारतमा भएको बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

  • मंगलवार, पौष २६ २०७९

  • 622
    SHARES

  • भारतमा भएको बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

    काठमाडौं । भारतको लखनउमा भएको बस दुर्घटनामा मृतक नेपालीको संख्या पाँच पुगेको छ ।

    दुर्घटनामा घाइते कञ्चनपुर कृष्णपुरका अन्दाजी ३५ वर्षीय दीपक सुनार र टीकापुरका अन्दाजी ३५ वर्षीय हरि साउदको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

    सोमबार (हिजो) टीकापुर नगरपालिका १ का ५५ वर्षका चन्द्र साउँद, ४५ वर्षका ललित साउँद र २० वर्षकी निर्मला बोहराको दुर्घटनामा ज्यान गएको थियो ।

    भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आइरहेको आरजे २७ पीए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो ।

    सो बससँग मिनी ट्रक ठोक्किएको थियो । बसमा ६६ जना यात्रु सवार थिए ।


    मंगलवार, पौष २६ २०७९०२:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij