Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युक्रेनको सोलेदार शहर कब्जामा लिएको रुसको दाबी

युक्रेनको सोलेदार शहर कब्जामा लिएको रुसको दाबी

  • बुधवार, पौष २७ २०७९

  • 717
    SHARES

  • युक्रेनको सोलेदार शहर कब्जामा लिएको रुसको दाबी
    काठमाडौं । रुसको निजी सैन्य दस्ता वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिनले सोलेदार शहरको सम्पूर्ण भाग नियन्त्रणमा लिएको दाबी गरेका छन् । शहरको मध्यभागमा लडाइँ चलिरहेको छ भने कैयौँ युक्रेनी सैनिकहरू घेराबन्दीमा परेका छन् र 
     
    ‘शहरको मध्यभागमा घेराबन्दी छ र शहरी लडाइँ चलिरहेको छ,’ प्रिगोजिनले सञ्चारमाध्यमलाई पठाएको विज्ञप्तिमा बताए, ‘कैदीहरूको सङ्ख्या हामी सार्वजनिक गर्नेछौं ।’ सोलेदार कब्जा गर्नका लागि वाग्नरका सिपाहीबाहेक अरू कोही पनि सहभागी नरहेको उनले बताए ।  
     
    नुनका खानी भएकाले उक्त शहरलाई सोलेदार भनिएको हो । युद्धअघि त्यहाँ १० हजार मानिस बस्ने गर्थे । सन् २०२२ को मध्यतिर पोपास्नायाबाट हटाइएपछि युक्रेनी सेनाले सोलेदारलाई आफ्नो किल्ला बनाएका थिए । 
     
    रुसले सोलदार नियन्त्रणमा लिएपछि अब युक्रेनी सेनालाई आर्त्योमोव्स्क अर्थात् बाखमुत आफूसँग राखिरहन समस्या परेको छ । 
     
    प्रिगोजिनले शहरहरू कब्जामा लिने भन्दा पनि युक्रेनी सेनाको विनाश र युद्धक्षमताको ह्रास आफूहरूको उद्देश्य रहेको बताएका छन् । 


    बुधवार, पौष २७ २०७९०४:०८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij