Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेले थुनामुक्त हुन माग राख्दै दायर गरेको रिटमा सुनुवाइ जारी  

सन्दीप लामिछानेले थुनामुक्त हुन माग राख्दै दायर गरेको रिटमा सुनुवाइ जारी  

  • बिहिवार, पौष २८ २०७९

  • 550
    SHARES

  • सन्दीप लामिछानेले थुनामुक्त हुन माग राख्दै दायर गरेको रिटमा सुनुवाइ जारी  
    काठमाडौं । बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ।
     
    न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासमा सुनुवाइ भइरहेको हो। यसअघि पटक–पटक पेसी तोकिए पनि हेर्न नभ्याउने भन्दै सुनुवाइ हुन सकेको थिएन। आज बहस सकिएको अवस्थामा आदेशसमेत आउन सक्ने बताइएको छ।
     
    नाबालिका किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।
     
    यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजातसमेत पेस गरेका थिए। सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको बर्थ सर्टिफिकेट झिकाउने आदेश दिएको थियो। अस्पतालबाट बर्थ सर्टिफिकेटसमेत उपलब्ध गराइएको छ। 
     
    भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ। पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक बलात्कार गरेको बयान दिएकी छन्। 
     
    उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।
     
    पछि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। त्यसयता उनी केन्द्रीय कारागार सुन्धारामा छन्।


    बिहिवार, पौष २८ २०७९०२:४०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij