काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र सभामुख, उपसभामुख निर्वाचनलगायत विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डसँग छलफल र सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन एमाले अध्यक्ष ओली बिहीबार(आज) ४ बजेतिर बालुवाटार पुग्नुभएको थियो । अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै जनाबीच गठबन्धनको बैठकअघि एक्लाएक्लै छलफल भएको हो ।
प्रचण्ड र ओलीबीचको छलफल सकिएपछि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा नै बस्न लागेको छ । संसद्बाट पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।