Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

  • बिहिवार, पौष २८ २०७९

  • 647
    SHARES

  • सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
    काठमाडौं । बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ।
     
    काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो। 
     
    न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले यस्तो आदेश गरेको हो। 
     
    नाबालिका किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।


    बिहिवार, पौष २८ २०७९०७:११:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij