Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकियो

सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकियो

  • शुक्रवार, पौष २९ २०७९

  • 605
    SHARES

  • सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकियो

    काठमाडौं । उच्च अदालतको आदेशमा शुक्रबार (आज) रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ।

    क्रिकेटर लामिछानेमाथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकेको हो ।

    उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ।

    जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लड्न बिहीवार (हिजो) आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार (आज) नै लामिछाने केन्द्रीय कारागरवाट रिहा भएका छन ।


    शुक्रवार, पौष २९ २०७९०३:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij