Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

 प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

 प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

  • शुक्रवार, पौष २९ २०७९

  • 599
    SHARES

  •  प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात
    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको छ । शुक्रबार(आज) भएको दोस्रो खेलमा सुदूरपश्चिमले बागमतीलाई ३३ रनले हराएको हो । 
     
    सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो ।  सुदूरपश्चिमका लागि कविता कुँवरले ५० रनको अर्धशतकिय इनिङ्स खेलिन् । रितु कनोजिया २७ रनमा नटआउट रहँदा बिन्दु रावल र सम्झना खड्काले समान १० रन बनाए । रुबि पोदार ८, शोभा रोकाया २ र कविता जोशी ७ रनमा नटआउट रहिन् ।
     
    बागमतीकी अश्मिना बज्राचार्य २ तथा याशु पाण्डेले समान दुई तथा खुसी डंगोल र मनीषा उपाध्यायले समान एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । कन्चन श्रेष्ठको १६ रन टोलीका लागि सर्वाधिक धेरै स्कोर रह्यो । 
     
    सोनी पाख्रिनले १५, खुसी डंगोलले १४, अश्मिना कर्माचार्यले १३, अश्मिता खरेलले ३, हिलिसा गुरुङले ९, बिन्दा कटवालले ९, याशु पाण्डेले १ रन बनाइन् । सलिना सिलवाल १ रनमा नटआउट रहिन् । सुदूरकी रितु कनोजिया र मनीषा चौधरीले समान दुई तथा ईश्वरी विष्टले एक विकेट लिइन् । 
     
    समूह एको खेलमा सुदूरपश्चिम प्रदेशले दुई अंक जोडेको छ । बिहानको उद्घाटन खेलमा प्रदेश नम्बर एकले मधेश प्रदेशलाई पराजित गरेको थियो ।
     


    शुक्रवार, पौष २९ २०७९०४:४१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij