Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विप्लव–महराको अर्थपूर्ण भेटघाट

विप्लव–महराको अर्थपूर्ण भेटघाट

  • शनिवार, पौष ३० २०७९

  • 597
    SHARES

  • विप्लव–महराको अर्थपूर्ण भेटघाट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताहरु भएको स्थानमा पुगेर भेटघाट गर्नुभएको छ ।

    नेकपा केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तु पुगेर नेता महराले विप्लव, प्रकाण्डसहितका शीर्ष नेताहरुसँग भेट गर्नुभएको हो ।

    नेकपा माओवादी केन्द्रमा एकताको बहस चलिरहेको बेला नेता महराको यो भेटलाई विशेष अर्थमा लिइएको छ । विप्लव नेतृत्वका एक नेताले माओवादी वरिष्ठ उपाध्यक्ष महरा शीर्ष नेतालाई पार्टी कार्यालयमै आएर भेटघाट गरेको बताउनुभयो।

    विप्लव नेतृत्वको नेकपाको शनिबारदेखि पोलिटब्युरो बैठक शिवगढीमै हुने र शुक्रबार केन्द्रीय प्रतिनिधि छनौटका लागि सबै नेताहरु जुटेको समयमा महरा पुगेपछि सबैसँग भेट भएको थियो ।


    शनिवार, पौष ३० २०७९०५:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij