काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण आज थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालययले आज दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मृत्य हुने थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
आज मृत्यु हुनेको संख्या हालसम्मकै उच्च हो ।