काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिनुभयो । योसँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित सात हजार २७५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५४६ पुगेको छ ।