Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाए - गगन थापा

नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाए - गगन थापा

  • शनिवार, पौष ३० २०७९

  • 517
    SHARES

  • नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाए - गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएको आरोप लगाउनुभएको छ । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उहाँको भनाइ थियो ।

    रामकृष्ण भण्डारीले लेखेको ’सत्ता संघर्ष ः ३० वर्षमा २८ सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा आज थापाले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताउनुभएको हो ।

    पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेको र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हो भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उहाँको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेको तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीको आड लिएको उहाँको टिप्पणी छ ।

    बहुदलीय र संसदीय व्यवस्था नियमभित्र खेल्नुपर्ने थापाको भनाइ छ । संस्था बलियो बनाउन चुक्दा पनि प्रणालीले ठिक काम नगरेको उहाँको भनाइ छ ।


    शनिवार, पौष ३० २०७९०३:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij