Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनभीए क्लब भलिबल : डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

एनभीए क्लब भलिबल : डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

  • आइतवार, माघ १ २०७९

  • 368
    SHARES

  • एनभीए क्लब भलिबल : डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन
    काठमाडौं । विभागीय टोली नेपाल पुलिसले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । 
     
    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार(आज) भएको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३(२ को प्रतिस्पर्धात्मक सेटमा हराएर पुलिस च्याम्पियन भएको हो।
     
    पहिलो सेट २५—२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५—११ को जित निकाल्न सफल भयो ।
     
    महिलातर्फको फाइनलमा विजेता बनेको पुलिसले चार लाख नगद पुरस्कार पाएको छ । उपविजेतामा सीमित डायमण्डले भने २ लाख पाएको छ ।
    तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ हात पारेको छ ।
     
    पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । 


    आइतवार, माघ १ २०७९०४:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij