Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

  • आइतवार, माघ १ २०७९

  • 591
    SHARES

  • भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
    काठमाडौं । सरकारले यति एयरलाइन्सको ७२ जना सवार विमान दुर्घटना भएकोमा सोमबार(भोलि)का दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।
     
    सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले सरकारले  घटनाप्रति दुःख व्यक्त गरेको बताउनुभएको छ । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका— १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
    325532696_920780929359680_5827080522665350178_n_SMF80lAyfs.jpg


    आइतवार, माघ १ २०७९०५:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij