Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पोखरा विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलको पनि निधन

पोखरा विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलको पनि निधन

१३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने पत्रकार महासंघको निर्णय
  • आइतवार, माघ १ २०७९

  • 497
    SHARES

  • पोखरा विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलको पनि निधन

    काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा हुनुहुन्थ्यो । त्यसकै निम्ति उहाँ बैठकको मिति तय गर्न काठमाडौं पुग्नुभएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १र२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किनुभएको थियो । जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिनुभयो ।

    पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिनुभयो।

    पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ उहाँले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गर्नुभएको थियो ।

    पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गर्नुभएको थियो ।


    आइतवार, माघ १ २०७९०७:२३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij