Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

आज यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

आज यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

  • सोमवार, माघ २ २०७९

  • 401
    SHARES

  • आज यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द
    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनापछि सोमबार(आज)का लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको जानकारी दिइएको हो । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ । 
     
    हिजो बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
     
    विमान दुर्घटना भएकोमा सरकारले आजका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक बिदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको छ ।
    111.jpg
     


    सोमवार, माघ २ २०७९०६:३६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij