Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप महिला क्रिकेट : आज लुम्बिनी र प्रदेश  १ तथा गण्डकी र सुदूरपश्चिम भिड्दै 

प्रधानमन्त्री कप महिला क्रिकेट : आज लुम्बिनी र प्रदेश  १ तथा गण्डकी र सुदूरपश्चिम भिड्दै 

  • सोमवार, माघ २ २०७९

  • 568
    SHARES

  • प्रधानमन्त्री कप महिला क्रिकेट : आज लुम्बिनी र प्रदेश  १ तथा गण्डकी र सुदूरपश्चिम भिड्दै 
    काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी—ट्वान्टी क्रिकेट प्रतियोगितामा सोमबार(आज) दुई खेल हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यो प्रतियोगिता सुनसरीको इटहरीमा जारी रहेको छ ।
     
    आजको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली आजको खेल जित्दै लगातार दोस्रो जित हात पार्न चाहन्छन्।
     
    समान दुई अंकमा रहेका यी दुई टोलीमा लुम्बिनी रनगतिमा अघि रहँदै समूह ‘बी’को शीर्ष स्थानमा रहँदा प्रदेश—१ दोस्रो स्थानमा रहेको छ। खेल बिहान ९ बजे सुरु हुनेछ ।
     
    आजको दोस्रो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । पहिलो खेलमा जित निकालेको सुदूरपश्चिम आजको खेल जितेर लगातार दोस्रो जित निकाल्न चाहन्छ।
     
    पहिलो खेलमा पराजित गण्डकी पनि आजको खेल जितेर प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । दुवै टोली समूह ‘ए’ मा रहेका छन् । २ अंकका साथ सुदूर समूहको दोस्रो स्थानमा रहँदा अङ्कविहीन गण्डकी पुछारमा रहेको छ।
     
    दुवै खेल जनता क्रिकेट पार्क क्रिकेट मैदान ईटहरीमा हुनेछ । प्रतियोगिताको फाइनल खेल माघ ७ मा रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
     
    प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् ।
     
    पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागिता रहने छ ।
     
    यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराइएको छ । दुई समूहका विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।


    सोमवार, माघ २ २०७९०८:२८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij