Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पराजित बामदेवलाई संसदमा लैजाने निर्णय गर्न भ्याएको सरकार कुलमानबारे अनिर्णित

पराजित बामदेवलाई संसदमा लैजाने निर्णय गर्न भ्याएको सरकार कुलमानबारे अनिर्णित

  • सोमवार, भाद्र २९ २०७७

  • 1.1K
    SHARES

  • पराजित बामदेवलाई संसदमा लैजाने निर्णय गर्न भ्याएको सरकार कुलमानबारे अनिर्णित

    काठमाडौँ – उज्यालो नेपालका अभियन्ता मानिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सोमबार सकिएको छ।

    आजै बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई दोस्रो कार्यकालका लागि पनि उक्त पदमा पुनःनियुक्त गर्ने अनुमान गरिएको थियो।

    सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सार्वजनिक रुपमा कुलमानलाई दोस्रो पटक सरकारले नियुक्त गर्ने विश्वास सामाजिक सञ्चालमार्फत व्यक्त गरेका थिए।

    ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पु¥याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विस्वस्त छु’, श्रेष्ठले ट्विटरमा लेखेका छन्।

    तर सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कुलमानबारे कुुनै निर्णय गरेन। श्रोतका अनुसार उर्जा मन्त्रालयबाट विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थिएन ।

    कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्तीको माग गर्दै सोमबार साँझ माइतीघरमा प्रदर्शन समेत भएको थियो।

    आज बसेको बैठकले बदिर्याबाट प्रतिनिधिसभामा पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय भने गरेको छ।

    सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो।

    २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए।

    सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यो निर्णय गरेको हो ।

    स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।


    सोमवार, भाद्र २९ २०७७०९:५६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij