Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मधेस प्रदेशका मुख्यमन्त्रीलाई सबै सांसदले दिए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्रीलाई सबै सांसदले दिए विश्वासको मत

  • बुधवार, माघ ४ २०७९

  • 585
    SHARES

  • मधेस प्रदेशका मुख्यमन्त्रीलाई सबै सांसदले दिए विश्वासको मत
    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार(आज) प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका सबै सदस्य (सांसद)ले विश्वासको मत दिनुभएको छ। 
     
    आज प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १०२ सांसद उपस्थित हुनुहुन्थ्यो। उपस्थित १०२ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिनुभएको हो । 
     
    संघीय सरकार गठनका लागि केन्द्रमा बनेको सत्ता समीकरणअनुसार जसपा नेता यादव मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा उहाँलाई जसपासहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टीले समर्थन गरेका थिए। 
     
    उहाँले नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्नुभएको थियो। आफूलाई प्रदेश सभा बैठकमा विश्वासको मत दिन आग्रह गर्दै मुख्यमन्त्री यादवले कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवलाई लिखित पत्र नै लेख्नुभएको थियो। 
     
    मुख्यमन्त्री यादवले हिजो जनकपुरमै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग समेत भेटेर विश्वासको मतका बारेमा छलफल गर्नुभएको थियो ।
     
    आज बिहान काठमाडौंमा जसपा अध्यक्ष उपेन्द्र यादवले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मधेस प्रदेशमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो। 
     
    सत्ता साझेदार दल भएपनि जसपा संघीय सरकारका मन्त्रालयहरूको बाँडफाँटमा असन्तुष्ट रहँदै सरकारमा गएको छैन। सत्ता साझेदार अरू दलहरूले जसपालाई २ मन्त्रालय दिने सकिने बताएका थिए। 
     
    जसपाका लागि वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय खाली राखिएको छ। तर, मधेस प्रदेशमा जसपाले कांग्रेसको समेत साथ खोज्नुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ।


    बुधवार, माघ ४ २०७९०४:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij