Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विभूषण वितरणको मापदण्ड बनाउन समिति गठन 

विभूषण वितरणको मापदण्ड बनाउन समिति गठन 

  • बुधवार, माघ ४ २०७९

  • 432
    SHARES

  • विभूषण वितरणको मापदण्ड बनाउन समिति गठन 
    काठमाडौं । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ ।
     
    बुधबार(आज)को मन्त्रिपरिषद् बैठकमा विभूषण तथा पदक वितरणका विषयमा छलफल भएको थियो । सो क्रममा हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको हो ।
     
    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने बताउनुभयो।
     
    ‘विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले गर्व बोध गरोस् र राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भनेर विभूषणका विषयमा अध्ययन समिति गठन गर्ने निष्कर्षमा मन्त्रिपरिषद्को आजको बैठक पुगेको छ’ उहाँले भन्नुभयो।


    बुधवार, माघ ४ २०७९०५:४२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij