Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकद्वारा ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही

राष्ट्र बैंकद्वारा ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही

  • बुधवार, माघ ४ २०७९

  • 453
    SHARES

  • राष्ट्र बैंकद्वारा ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही
    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरूलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरूप जरिवाना तिराएको हो । 
     
    कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरूप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरूप जरिवाना गरिएको छ । विपन्न वर्गको कर्जा शीर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ ।
     
    त्यस्तै फाइनान्स कम्पनीहरूमा नेपाल, जानाकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ ।
     


    बुधवार, माघ ४ २०७९०५:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij