Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति म बन्दिन, मेरो उपलब्धिलाई सरकारले कसरी लिन्छ हेरौँ : डा. रुइत

राष्ट्रपति म बन्दिन, मेरो उपलब्धिलाई सरकारले कसरी लिन्छ हेरौँ : डा. रुइत

  • बुधवार, माघ ४ २०७९

  • 428
    SHARES

  • राष्ट्रपति म बन्दिन, मेरो उपलब्धिलाई सरकारले कसरी लिन्छ हेरौँ : डा. रुइत

    काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले देशको राष्ट्रपति पद आफ्नो लागि नभएको बताउनुभएको छ ।

    हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपति पद आफ्नो लागि नभएको प्रष्ट पार्नुभएको हो।

    डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाहे रबरस्टाम्प नै किन नहोस्, राष्ट्रपति पद निकै महत्वपूर्ण हो, हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’

    उहाँले थप्नुभयो, ‘म यही कारणले नै यति अगाडि आएको छु । सक्ने जति गर्ने हो । सक्नेभन्दा अरु काम म गर्दिनँ । अहिलेलाई यो काम भन्दा मैले गर्न सक्ने कामहरु धेरै छन् ।’

    अहिले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठाइरहेका छन् । यस विषयमा उहाँलाई पत्रकारले प्रश्न सोधेका थिए । डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको बताउनुभयो ।

     


    बुधवार, माघ ४ २०७९०७:०१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij