Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

  • बिहिवार, माघ ५ २०७९

  • 336
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

    काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गर्नुभएको हो ।

    मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई विश्वासको मत दिएनन् ।

    मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।


    बिहिवार, माघ ५ २०७९०४:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij