Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित थप २ जनाकोे मृत्यु

कोरोना संक्रमित थप २ जनाकोे मृत्यु

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.2K
    SHARES

  • कोरोना संक्रमित थप २ जनाकोे मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण पर्सा र रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ । बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

    उनको उपचारको क्रममा हिजो सोमवार साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभएको छ । उनलाई हिजो बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

    योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
    वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन्, दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।

    यसैबिच, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
    बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको गयराति राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

    डा. गौतमका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको उपचार ११ गतेदेखि भेन्टिलेटरमा राखेर भइरहेको थियो ।


    मंगलवार, भाद्र ३० २०७७०९:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij