Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लक्षण नदेखिएकाको अब कोरोना परीक्षण नगरिने !

लक्षण नदेखिएकाको अब कोरोना परीक्षण नगरिने !

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.0K
    SHARES

  • लक्षण नदेखिएकाको अब कोरोना परीक्षण नगरिने !

    काठमाडौं । सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने आरटी पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमेत उपस्थित उक्त बैठकले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि लक्षण नदेखिएसम्म परीक्षण नगर्ने निर्णय गरेको छ ।

    क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा पनि लक्षण देखिएकाहरुको मात्रै पिसिआर परीक्षण गर्ने र लक्षण नदेखिएकाको नगर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले माताहतका निकायमा पत्रसमेत पठाइसकेको छ । सरकारको उक्त निर्णयको भने जनस्वास्थ्य विज्ञहरुले विरोध गरेका छन् ।

     


    मंगलवार, भाद्र ३० २०७७१२:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij