Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सभामुख सत्तापक्षको भएपछि उपसभामुख प्रतिपक्षको हुनुपर्छ : कांग्रेस सांसद पाण्डे

सभामुख सत्तापक्षको भएपछि उपसभामुख प्रतिपक्षको हुनुपर्छ : कांग्रेस सांसद पाण्डे

  • शनिवार, माघ ७ २०७९

  • 510
    SHARES

  • सभामुख सत्तापक्षको भएपछि उपसभामुख प्रतिपक्षको हुनुपर्छ : कांग्रेस सांसद पाण्डे
    काठमाडौं । कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने बताउनुभएको छ । शनिबार(आज) प्रतिनिधिसभामा मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद पाण्डेले संविधानको आशय अनुसार पनि उपसभामुख प्रतिपक्षले पाउँदा राम्रो हुने बताउनुभएको हो ।
     
    ‘संविधानले भिन्न दल भनेको छ । फरक दल भनेको फरक पक्ष हो । सत्ता पक्षले प्रस्ताव गरेको व्यक्ति सभामुखमा निर्वाचित भएपछि प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति उपसभामुखमा निर्वाचित हुँदा संसद्को गरिमा अझ बढ्छ । इन्दिरा राना मगर पनि उत्तिकै सम्मानित व्यक्ति हुनुहुन्छ । दुवै जना उत्तिकै सम्मानित व्यक्ति हुनुहुन्छ । भौगोलिक हिसाबले पनि सभामुख र उपसभामुख एउटै क्षेत्रबाट हुने भएकाले पनि भौगोलिक विविधताका हिसाबले मुक्ताकुमारी यादवलाई निर्वाचित गर्नुपर्ने हुन्छ,’उहाँले भन्नुभयो ।
     
    मुक्ताकुमारी एक अनुभवी व्यक्ति भएकाले पनि संसद्को गरिमा बढाउन उहाँलाई जिताउन आवश्यक रहेको पाण्डेले बताउनुभयो । त्यस्तै पाण्डेले सभामुख देवराज घिमिरेलाई बधाई दिँदै सभालाई निष्पक्ष ढंगले सञ्चालन गर्ने अपेक्षा लिएको बताउनुभयो। 


    शनिवार, माघ ७ २०७९०२:३४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij