Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप : प्रदेश-१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

प्रधानमन्त्री कप : प्रदेश-१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

  • शनिवार, माघ ७ २०७९

  • 552
    SHARES

  • प्रधानमन्त्री कप : प्रदेश-१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन
    काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा शनिबार(आज) भएको फाइनलमा प्रदेश-१ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । उपाधिसँगै सुदूरपश्चिमले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
     
    प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्‍यो ।
     
    सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाइन् । प्रदेश-१ का लागि सनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए ।
     
    जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । प्रदेश—१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन् । यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् । सुदूरपश्चिमकी मनीषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिइन् ।
     
    नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।


    शनिवार, माघ ७ २०७९०३:०९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij