Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डजीले मधेससँग लभ, कांग्रेससँग लिभिङ टुगेदर र अर्कैसँग लगनगाँठो गर्नुभयो : सांसद राजकिशोर यादव 

प्रचण्डजीले मधेससँग लभ, कांग्रेससँग लिभिङ टुगेदर र अर्कैसँग लगनगाँठो गर्नुभयो : सांसद राजकिशोर यादव 

  • शनिवार, माघ ७ २०७९

  • 500
    SHARES

  • प्रचण्डजीले मधेससँग लभ, कांग्रेससँग लिभिङ टुगेदर र अर्कैसँग लगनगाँठो गर्नुभयो : सांसद राजकिशोर यादव 
    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले ठुला दलका नेताहरूको स्वार्थका कारण देशको विकास हुन नसकेको बताउनुभएको छ। प्रतिनिधिसभामा उपसभामुख उम्मेदवार इन्दिरा राना मगरलाई मत माग्दै सांसद यादवले आर्थिक, सुशासनको बहस गर्नुपर्ने बेला ठुला दलका शीर्ष नेताहरूले स्वार्थपूर्ण लडाई लडिरहेको बताउनुभएको हो।
     
    यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा समस्या सम्बोधन गर्न गम्भीर नभएको बताउनुभयो। यादवले भन्नुभयो, ‘कुनै दिन सिराहाका जनताले प्रचण्डलाई जिताइदिए। प्रचण्डजी लभ मधेससँग लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो। अहिले लगनगाँठो अर्कैसँग गाँसेर रमाइरहनुभएको छ। यसरी हामी कहीँ पुग्दैनौं।’
     
    भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल विधेयक ल्याउनुपर्ने उहाँको भनाइ थियो। यादवले भन्नुभयो ‘किसान मल नपाएर बोर्डरमा प्रहरीको लट्ठी खानुपर्ने अवस्था छ। तर, ठुला दलका नेताहरू जुहारी गर्दैछन्। एकले अर्कालाई होच्याइरहेका छन्। आर्थिक बहसको विषय गर्नुपर्ने बेला नाकको लडाई गरिरहेका छन्।’


    शनिवार, माघ ७ २०७९०४:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij