काठमाडौं । उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिनुभएको छ ।
उनहाँले एक विज्ञप्ति जारी गर्दै आफूले पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन त्यस पदमा रहिञ्जेल आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
