Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर संगठन विस्तार गर्न रास्वपाको निर्णय

देशभर संगठन विस्तार गर्न रास्वपाको निर्णय

  • सोमवार, माघ ९ २०७९

  • 685
    SHARES

  • देशभर संगठन विस्तार गर्न रास्वपाको निर्णय
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिले उक्त निर्णय गरेको हो । 
     
    जसका लागि जेठसम्म समयावधि तोकिएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले निर्णय सार्वजनिक गर्दै संगठन विस्तारबारे जानकारी दिनुभएको छ । यस्तै आगामी चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गर्ने निर्णय पनि गरिएको छ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्नुपर्नेछ । 
     
    यस्तै बैठकले माघ मसान्तभित्रै प्रदेश समितिका विस्तारित भेला हुने र प्रदेश समिति पुनर्गठन गर्ने निर्णय पनि गरिनेछ । सुरुमा माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ । 
     
    यसैगरी माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला आयोजना गरिने बताइएको छ । 
     
    324222982_416482957331041_8027744672650377543_n.jpg
     
     


    सोमवार, माघ ९ २०७९०८:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij