Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपाललाई फेरि उठाउने संकल्पका साथ केन्द्रीय समिति बैठक बस्दै

राप्रपा नेपाललाई फेरि उठाउने संकल्पका साथ केन्द्रीय समिति बैठक बस्दै

  • सोमवार, माघ ९ २०७९

  • 699
    SHARES

  • राप्रपा नेपाललाई फेरि उठाउने संकल्पका साथ केन्द्रीय समिति बैठक बस्दै
    काठमाडौं । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ पार्टी केन्द्रीय समितिको बैठक काठमाडौंमा आज र भोलि बस्दै छ । निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र साङ्गठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
     
    केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता बसन्तमानसिंह अधिकारीले बताउनुभयो ।
     
    प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले टिप्पणी सहित आफ्नो धारणा राख्नेछन् । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय समिति बैठक आज र भोलि दुई दिन चल्नेछ ।


    सोमवार, माघ ९ २०७९०८:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij