काठमाडौं । नेपालमा आज थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । त्यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।