काठमाडौं । भूकम्पले बाजुराको गौमुल गाउँपालिका सबैजसो वडामा क्षति पुगेको छ ।
पालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार घर भत्किँदा केही मान्छेहरु सख्त घाइते समेत भएका छन् । यसैगरी गौमुल वडा नम्बर १ मा पहिरो जाँदा ४० देखि ५० भेडा पुरिएको उहाँले बताउनुभयो।
स्थानीय सहयोगमा उद्धार प्रयास भइरहेको उहाँले बताउनुभयो ।