काठमाडौं । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गर्नुभएको छ।
बुधबार(आज) १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गर्नुभएको हो। दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहनुभएको छ। मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लीला गिरी र एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुग्नुभएको छ।
नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिँदै हुनुहुन्छ। राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।