Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बागमतीका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण 

बागमतीका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण 

  • बुधवार, माघ ११ २०७९

  • 479
    SHARES

  • बागमतीका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण 
    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुधबार(आज) प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 
     
    प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय युवराज दुलाल शरद, सामाजिक विकास मन्त्रालय कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय राजु विष्टलाई शपथ ग्रहण गराउनुभएको हो ।
     
    यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ ।


    बुधवार, माघ ११ २०७९०२:३८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij