Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको निर्वाचनबारे राजनीतिक दल र निर्वाचन आयोगले अझै थालेन तयारी, फागुन २९ गते कार्यवहाक राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै (खासखबर)

राष्ट्रपतिको निर्वाचनबारे राजनीतिक दल र निर्वाचन आयोगले अझै थालेन तयारी, फागुन २९ गते कार्यवहाक राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै (खासखबर)

  • बुधवार, माघ ११ २०७९

  • 579
    SHARES

  • राष्ट्रपतिको निर्वाचनबारे राजनीतिक दल र निर्वाचन आयोगले अझै थालेन तयारी, फागुन २९ गते कार्यवहाक राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै (खासखबर)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । २०७४ साल फागुन २९ गते निर्वाचित हुनुभएकी भण्डारीको ५ वर्षे कार्यकाल पूरा हुँदै गर्दा नयाँ राष्ट्रपति चयनको प्रक्रिया भने अघि बढ्न सकेको छैन । बाहालवाला राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा १ महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था भएपनि हालसम्म निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन भने सत्ताघटक दलले पनि निर्वाचनको मिति तोक्नका लागि आयोगसँग हालसम्म परामर्श गरेको छैन । नयाँ बनेको सत्ता समीकरण अनुसार राष्ट्रपति पद एमालेले पाउने सहमति भएको थियो । तर, एमालेभित्र पनि राष्ट्रपतिको निर्वाचनबारे कुनै पनि छलफल नभएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालको भनाइ छ ।

    राष्ट्रपतिको निर्वाचन कहिले गर्ने भन्ने सन्दर्भमा आयोगले छलफल गरिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको निर्वाचन कार्यतालिका प्रकाशित गर्ने जिम्मा आयोगको क्षेत्राधिकार भित्र रहेकोले तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ को १ मा ‘आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ’ भन्ने व्यवस्था रहेको छ । राष्ट्रपतिको व्यवस्थाबारे संविधान र ऐनमा रहेका विषय बाझिएकाले ऐन संशोधन गर्न नेपाली कांग्रेसले माग पनि गरेको छ ।

    यस्तै संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि सम्बन्धी व्यवस्था रहेको छ । उपदफा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ भन्ने व्यवस्था रहेको छ भने दफा २ मा उपदफा १ बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधान बमोजिमको कार्य सम्पादन गर्नेछ भन्ने व्यवस्था रहेको छ । संविधान र कानुनमा रहेको व्यवस्था बाझिएका कारण राष्ट्रपतिको निर्वाचन प्रक्रिया लम्ब्याउन खोजेको हो कि भन्ने कांग्रेसको आशङ्का छ ।


    बुधवार, माघ ११ २०७९०८:३३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij