Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आउला त फैसला ?

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आउला त फैसला ?

  • शुक्रवार, माघ १३ २०७९

  • 461
    SHARES

  • रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आउला त फैसला ?
    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइअन्तर्गत बहस सकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आज बहस सकिएको हो । बहस सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरू आदेशलाई अन्तिम रूप दिन लाग्नुभएको छ । सर्वोच्च अदालत प्रशासनले अब केही बेरमा मुद्दाको विषयमा इजलासबाट निर्णय आउने जानकारी दिएको छ । 
     
    आज लामिछानेका तर्फबाट ४ जना कानुन व्यवसायीले बहस गर्नुभयो । वरिष्ठ अधिवक्ता नरेन्द्र केसी तथा अधिवक्ताहरू आशिष् अधिकारी, सुदिप पन्त र यज्ञमणि न्यौपानेले लामिछानेको प्रतिरक्षामा बहस गर्नुभएको थियो । 
     
    यस्तै, रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र रमण कर्ण तथा अधिवक्ता अनिता श्रेष्ठले जवाफ बहस गर्नुभयो । 
     
    जवाफ बहसका क्रममा रिट निवेदक पक्षका कानुन व्यवसायीले व्यक्ति स्टेटलेस (राज्यविहीन) नहुने हो भने राज्य पनि ‘ललेस’ (कानुनविहीन) हुन नसक्ने जिकिर गर्नुभयो । कानुन राज्यको मान्यता स्थापित गर्न पनि रविविरुद्धको रिट जारी हुनुपर्ने निवेदक पक्षका कानुन व्यवसायीले दाबी गर्नुभयो ।   
     
    लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिई) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उहाँको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत तथा युवराज पौडेलले सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट दायर गर्नुभएको थियो ।
     


    शुक्रवार, माघ १३ २०७९०१:४७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij