Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मधेसका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

मधेसका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

  • शुक्रवार, माघ १३ २०७९

  • 486
    SHARES

  • मधेसका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
    काठमाडौं । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । हिजो जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रबार(आज) नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
     
    उहाँले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समीक्षाका साथै बाँकी योजनाका विषयमा योजना बनाएर काम गर्ने बताउनुभयो ।    
     
    आज नै जनमत पार्टीका मन्त्री वसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उहाँले किसानहरूको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाउनुभयो। यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुशवाहाले बताउनुभयो ।


    शुक्रवार, माघ १३ २०७९०३:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij