Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविको मुद्दामा सुनुवाइ सकिएको ४ घण्टा बित्यो, छलफलमै न्यायाधीश

रविको मुद्दामा सुनुवाइ सकिएको ४ घण्टा बित्यो, छलफलमै न्यायाधीश

  • शुक्रवार, माघ १३ २०७९

  • 483
    SHARES

  • रविको मुद्दामा सुनुवाइ सकिएको ४ घण्टा बित्यो, छलफलमै न्यायाधीश
    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दिउँसो करिब साढे एक बजे नै सुनुवाइ सकिए पनि साँझ साढे ५ बजेसम्म कुनै निर्णय आएको छैन । फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
     
    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार(आज) सुनुवाइ सकिएपछि सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।
     
    सुरक्षा तैनाथी हेर्दा आजै फैसलाको तयारी भएको देखिन्छ । यस मुद्दामा बहस गरेका कानुन व्यवसायीहरूले पनि आजै फैसला आउने जानकारी पाएको बताएका छन् ।
     
    रविविरुद्धको मुद्दामाथि सुनुवाइ गरेको संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । सुनुवाइ सकिएपछि पाँचैजना न्यायाधीश छलफलमा जुटेका छन् ।
     
    अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेकाले सांसद बन्नका लागि अयोग्य हुने भन्दै रविराज बसौला, युवराज पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा बुधवारदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।


    शुक्रवार, माघ १३ २०७९०५:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij