पोखरा। गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जनाका संक्रमण देखिएको छ ।बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१ सय ६६ पुुगेको छ ।
यसैबिच, केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् ।
ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।
संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।