Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापतिको माग

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापतिको माग

  • आइतवार, माघ १५ २०७९

  • 475
    SHARES

  • राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापतिको माग

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको छ । उपसभापति खड्काले निर्वाचन आयोगले फागुन २८ अघि हुने गरी निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउनुभएको हो ।

    उहाँले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नुपर्ने बताउनुभएको छ ।
    ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ ट्वीटमार्फत उहाँले भन्नुभएको छ, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’

    कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।


    आइतवार, माघ १५ २०७९११:१०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij