काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि हिजो साँझ ओम अस्पताल लगिएको हो।
अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ। उहाँमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिनुभएको छ ।