Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप दुईजना कोरोना संक्रमितको मृत्यु

थप दुईजना कोरोना संक्रमितको मृत्यु

  • बुधवार, भाद्र ३१ २०७७

  • 649
    SHARES

  • थप दुईजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

    सापकोटाका अनुसार कोरोना पोजेटिभ देखिएका उनलाई मंगलबार प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

    त्यस्तै, विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको पनि गएराति मृत्यु भएको छ ।

    बेलबारी–९ बाहुनीकी ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभभयो । मोरङमा हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।


    बुधवार, भाद्र ३१ २०७७१२:५८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij