Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

  • मंगलवार, माघ १७ २०७९

  • 600
    SHARES

  • सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता
    काठमाडौं । नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ। 
     
    महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध मंगलबार(आज) सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो । 
     
    बलात्कार आरोप लागेका लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश खारेज गर्दै सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो ।  
     
    उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको पुस २८ गतेको संयुक्त इजलासले सर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।  उक्त आदेश बेरितको भएकाले खारेज हुनुपर्ने माग दाबी गर्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिएको हो। पुनरावलोकन निवेदनमा सन्दीपलाई थुनामै राख्नुपर्ने माग दाबी गरिएको छ। 


    मंगलवार, माघ १७ २०७९०४:१५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij