बाँके । जिल्लामा साताको शुक्रबार र शनिबार लाग्दै आएको निषेधाज्ञा हटाइएको छ ।
बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामि सातादेखि शुक्रबार र शनिबारको निषेधाज्ञा हटाएको होे ।
त्यस्तै, कोरोना भाइरसबाट जोगिनका लागि सुरक्षाका उपायहरु अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले नेपालगञ्जलगायतका क्षेत्रमा कोरोनाका बिरामी बढेपछि दुई दिन निषेधाज्ञा जारी गरेको थियो । यद्यपि, अहिले पनि बाँकेमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या देखिने क्रम जारी छ ।